आजका बालबालिका भोलि देशका कर्णधार
आजको बचत भोलि सम्रिद्धीको आधार
साना नानीहरुले विभिन्न स्रोतबाट प्राप्त रकमलाई बिस्कुट, चाउचाउ, फ्रुटी आदि जस्ता खाने कुरा खरिद गरी एकातिर रकम खर्चिने गर्छन भने अर्कातिर विभिन्न प्रकारका रोगहरुलाई निम्त्याउने गर्छन् । नानीहरुले अत्याधिक रुचाउने विभिन्न प्रकारका फास्ट फुडलेलाई शरीरलाई अति नै हानीनोक्सानी पुर्याउने गर्दछ । विशेष गरी फ्रुटीले जन्डिस रोगलाई निम्त्याउँछ भने चाउचाउमा पाईने मोनोसोडियम ग्लुटामेटले विषेश गरी नानीहरुको शरीरमा खतरनाक प्रभाव पार्ने हुनाले खर्चिने रकमलाई बचतमा परिणत गर्न यो बचत योजना तर्जुमा गरिएकोछ ।
चुन्नीमुन्नी बचत खाता दैनिक, साप्ताहिक, अर्धमासिक, मासिक र साधारण बचतको मिक्सड खाता हो । यो बचत खाता आफ्ना ससाना नानीहरुका लागि खोलिने खाता हो । स-साना नानीहरुलाई बचत गर्न सिकाउन विभिन्न तरिकाहरु अब्लमबन गरिनेछ । यस योजना अन्तर्गत नानीहरुको नाममा १ वर्ष देखि १५ वर्ष सम्मका लागि चुन्नीबचत खाता खोले पश्चात् एउटा स्यानो सुन्दर खुत्रुके घर सित्तैमा प्रदान गरिने छ जसमा खाताधनीले दैनिक साप्ताहिक अर्धमासिक र मासिक रुपमा नानीहरुलाई बचत गर्न अभिप्रेरित गरी रकम जम्मा गर्न सकिन्छ । यसरी जम्मा गरेको रकम प्रत्येक महिनाको १ गते संस्थाका प्रतिनिधि खाताधारीको घर-घर गई रकम संकलन गर्नेछन ।
०१. निशुल्क खाता खोलिने छ ।
०२. खाता खोल्दा चुन्नीमुन्नी घर सित्तैमा प्रदान गरिनेछ ।
०३. रकम जम्मा गर्न संस्था आउनै नपर्ने ।
०४. उत्कृष्ट बचतकर्ताहरुलाई वार्षिक रूपमा पुरस्कृत गरिनेछ ।
०५. नानीहरुलाई फजुलखर्चबाट बचाउँछ ।
सरोकार बचत तथा ऋण सहकारी संस्था लि.
मुख्य कार्यालय, हरिनगर पालिका २ (भुटाहा) सुनसरी
९८१७३४३०४१, ९८०७३२१३९५, ९८१५३०५०५८०१.
पेट्रोल पम्प सेवा केन्द्र, हरिनगर गाउँपालिका
१९८६२८२६६१०, ९८०४३०६१३६, ९८०८३६६६१५०२.
घुस्की सेवा केन्द्र, हरिनगर गाउँपालिका
७९८००९६२९८५, ९८२५३७९५५६, ९८१७३७०७४७०३.
पोखरी चौक सेवा केन्द्र, ईनरुवा नगरपालिका १०९८१०५८७३३३, ९८०४०४९२२२, ९८१२३९७८८८
Leave a Reply