प्रवासी युवा समुह भुटाहा ७, एक अभियान एक एम्बुलेन्स खरिदका लागि
प्रवासी युवा समुह भुटाहा ०७ का युवा भाईहरुलाई हजारौ हजार सलाम । यो समुहले आफ्नो गाउँ र समाजका लागि एउटा नमुना र उदाहरणीय कार्य गर्न अगाडि वढेकोछ र हालसम्म करिब ७५०,०००.००(अक्षरेपी सात लाख पचास हजार मात्र ) बराबर रकम संकलन गर्न सफल भएकोमा बधाई एवम् धन्यवाद छ ।
यो समुह विशुद्ध रूपमा भुटाहा ०७ का युवाहरुको समुह हो । यो समुहका सदस्यहरु मिलेर एम्बुलेन्स खरिद गर्न का लागि फण्डमा रकम जम्मा गरिरहेकाछन् । सबै सदस्यहरु मासिक रुपले आफ्नो भागमा पर्ने रकम जम्मा गरीरहेकाछन ।
यो एउटा अनुकरणीय र उदाहरणीय कार्य हो जसबाट बाँकी युवाहरुले सिख लिनुपर्छ र आफ्नो गाउँ, समाज र मान्छेहरुका लागि केहि गर्नु पर्छ भन्ने भावना उजागर भएको छ । यस्को स्रेय सर्वप्रथम सरोकारलाई जान्छ किनभने सरोकारले युवाहरुलाई एउटा प्लेटफर्ममा जम्मा गरी केहि गर्न सकिन्छ भन्ने यथार्थलाई प्रमाणित गरिसकेकोछ र त्यसपछि भुटाहा सातका प्रवासी युवा समुहका अगुवा हरुलाई जान्छ ।
यो समुहले गरोको अठोट र प्रतिग्याले प्रमाणित गरि सकेकोछ कि समुहकाभाईहरुले हाम्रो समाजलाई धेरै कुराहरु दिन सक्नुहुन्छ जो अरुको लागि एउटा पाठ साबित भएको मैंले पाएको छु ।
यो नमुना समुह कायम रहोस, सबै सदस्यहरु बीचको मेलमिलाप बढ्दै जाओस्, थप सहयोगी हातहरुको सहयोग प्राप्त होस भन्ने दुआ छ । सहयोगी हातहरुले समुहका भाईहरुको मनोबल बढाउनु पर्छ, सकेजति आर्थिक सहयोगका लागि मनको ढोका खुल्ला राख्नु पर्छ र सल्लाह सुझाव बेलाबखत दिराख्नुपर्छ ।
संचालक समितिको नामावली निम्नानुसार रहेकोछ ।
०१. हैदर हुसैन अध्यक्ष ९७४-७०७८९१३४
०२. *****************************************
०३. सद्दाम अन्सारी सचिव ९७४-७४०३९६६७
०४. मोजाहिद अन्सारी कोषाध्यक्ष ९६६-५९४५७२८९३
०५. सत्तार अन्सारी सदस्य ९७४-७००९६९३९
०६. साबिर अन्सारी सदस्य ९७४-७०९८०६८१
०७. अख्तर अन्सारी सदस्य – ९७४-६६९९२३३५
०८. आफ्ताब अन्सारी सदस्य ९७४-७७५४२०८१
०९. अम्जद अन्सारी सदस्य ९७४-७७०२४२४९
मो. मोजम्मिल हक
शुभचिन्त एवम् सल्लाहकार, प्रवासी युवा समुह भुटाहा ७, एक अभियान एम्बुलेन्स खरिदका लागि
Leave a Reply