सरोकार बचत तथा ऋण सहकारी संस्था लि. हरिनगर सुनसरीले आफ्ना सम्मानित शेयर सदस्य एवम् सेवाग्राहीहरुका लागि ईनरुवा नगरपालिकामा ब्रान्चलेस बैंकिङ सेवाकेन्द्र मार्फत विभिन्न प्रकारका सेवासुविधाहरु ईनरुवा सदरमुकाममा दिने व्यवस्था मिलाएको छ ।
यो ब्रान्चलेस बैंकिङ सेवाकेन्द्र मार्फत हाललाई संस्थाका शेयर सदस्यहरुले नगद जम्मा र भुक्तानी सेवा मात्र लिन सक्नेछन । यो सेवा ईनरुवा स्थित सिटी सेन्टर मनि ट्रान्सफर एवम् अन्सारी जेनेरल स्टोरकाका संचालक नौशाद अन्सारीसंग दुई पक्षी सम्झौता गरी मिति २०७७ पौष १७ गते अर्थात ०१ जनवरी २०२१ बाट प्रारम्भ गरिएको हो ।
सिटी सेन्टर मनि ट्रान्सफर र अन्सारी जेनेरल स्टोरक सम्पर्क: नौशाद अन्सारी 980-225-5055, 980-225-5066 शाहरुख अन्सारी 9804052777.
सरोकार साकोसले हालसम्म घुस्की सेवाकेन्द्र, पेट्रोल पम्प सेवाकेन्द्र, पोखरी चौक सेवाकेन्द्र मार्फत ५ ठाउँमा बैंकिङ सेवा सुविधा दिदै आएको छ भने शिघ्र नै भोक्राहा नरसिंह गाउँपालिका मा पनि सेवा केन्द्र खोल्ने प्रयास जारी छ ।
मोजम्मिल हक
मोबाइल: ९८१७३४३०४१, ९८४२५७०६१२
व्हाट्सऐप: ९८१५३०५१५३
ईमेल: sarokarcooperative@gmail.com
वेबसाइट: https://www.sarokarcoop.com
Leave a Reply