०१. खाताको व्यालेन्स हेर्न सकिन्छ अर्थात मिनि स्टेट्मेन्ट, व्यालेन्स ईन्कुवाइरी, डेपोजिट स्टेट्मेन्ट, शेयर स्टेट्मेन्ट, लोन स्टेट्मेन्ट आदि हेर्न सकिन्छ ।
०२. मोबाईल, सिडिएमए, टेलिफोन, टिभी, वाइफाई आदि सजिलै संग रिचार्ज गर्न सकिन्छ ।
०३. बिजुलीको बिल र खानेपानीको बिल भुक्तानी गर्न सकिन्छ।
०४. आफ्नो खाताबाट अर्काको खातामा रकमान्तर गर्न सकिन्छ ।
०५. आफ्नो खाताबाट नेपालको जुनसुकै बैंक खातामा रकमान्तर गर्न सकिन्छ ।
०६. ईसेवा र खल्ती वालेटमा व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ भने ईसेवा, खल्तीबाट सरोकारमा रहेको खातामा रकम जम्मा गर्न सकिन्छ ।
०७. डोमेस्टिक फ्लाईट टिकेट्स काट्न सकिन्छ ।
०८. स्कुल, कलेज आदिको फिस बुझाउन सकिन्छ ।
०९. ईन्सुरेन्सको प्रिमियम बुझाउन सकिन्छ ।
१०. लोन रकम बुझाउन र लोन नविकरण गर्न सकिन्छ ।
११. स्क्यान क्युआर गरी सरोकारका मर्चेन्टहरुको र नेपाल भरिका हजारौं फोनपे मर्चेन्टहरुलाई डिजिटल अर्थात क्याशलेस भुक्तानी गर्न सकिन्छ ।
१२. ई-टेलर मार्फत बिना चेक पनि रकम बुझ्न सकिन्छ ।
१३. मोबाईल रिचार्ज, बिजुलीको बिल भुक्तानी, टिभी रिचार्ज भुक्तानी, ईसेवा ट्रान्सफर, बैंक ट्रान्सफर आदि गरी इन्कम जेनेरेट गर्न सकिन्छ ।
१४. आफ्नो KYC अप्डेट गर्न सकिन्छ ।
१५. अन्य
Leave a Reply