सरोकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो मोबाइल बैंकिङ ऐप मार्फत Khalti Digital Wallet मा व्यालेन्स ट्रान्सफर गर्न सक्ने व्यवस्था मिलाएको छ ।
Khalti पनि eSewa जस्तै व्यवहार गर्न सकिने एक डिजिटल वालेट हो जस्को सहयोगबाट utility bills लगायत विभिन्न प्रकारका सरकारी राजस्व एवम् online Shopping जस्ता कार्यहरु सजिलै संग गर्न सकिन्छ ।
सरोकार स्मार्टबाट खल्ती वालेटमा दिनको पचास हजार, साताको दुई लाख र महिनाको पाँच लाख सम्म लोड गर्न सकिने व्यवस्था रहेको छ भने बैंक ट्रान्सफर गर्दा दैनिक एक लाख, हफ्ता को पाँच लाख र मासिक दस लाख गर्न सकिन्छ ।
डोमेस्टिक सेन्ड एवम् बिदेशबाट आफन्त र साथीभाइहरुले पठाएको रकम डाइरेक्ट रिसिभ गर्नका लागि Khalti ऐपमा रेमिट टु नेपाल, जि.एमई. रेमिट, एनआइसी एसिया रेमिट, नेपाल रेमिट, आइपे रेमिट र भाटभटेनी रेमिट रहेकोछ ।
थप जानकारीका लागि नजिकको सेवा केन्द्रमा सम्पर्क राख्न र मुख्य कार्यालयको नम्बरमा ९८१५३०५१५३ र ९८१७३४३०४१ मा सम्पर्क राख्न हुन अनुरोध छ ।
मोजम्मिल हक
संस्थापक अध्यक्ष
सरोकार साकोस, भुटाहा
Leave a Reply