Share

Home / Share

शेयर : शेयर भनेको अंश, भाग, हक र अधिकार हो ।
शेयर सदस्य: शेयर सदस्य भनेको व्यक्ति जस्ले सरोकार बचत तथा ऋण सहकारी संस्था लि. हरिनगर ०२ को शेयर खरीद गर्छ । शेयर सदस्यताले संस्था माथि हक अधिकार स्थापित गराउँछ र संंस्थाकाे मालिक बनाउँछ । तपाइँले सराेकार काे शेयर किन्नु भएकाे छ भने तपाइँ सराेकारका मालिकहरू मध्येकाे एक मालिक हुनुहुन्छ ।

सरोकारकाे शेयर सदस्य नै किन बन्ने?
धेरै सहकारी संस्थाहरु र वित्तीय संस्थाहरु हुँदा हुँदै सरोकार बचत तथा ऋण सहकारी संस्था लि. रोज्नुको मुख्य कारण हो यसले आफ्नो स्थापना काल देखि नै ब्याज रहित कार्य संचालन गर्नका लागि इस्लामिक शरिया र विश्व भरि छरिएर रहेका इस्लामिक वित्तीय संस्थाहरुले अवलम्बन गर्दै गरेका पथहरुको अनुसरण गरी आफ्ना वित्तीय कारोबार गर्दै आएको छ र भविष्यमा अझ स्वच्छताका साथ गर्ने प्रयास गर्ने छ ।

यसका अतिरिक्त आफ्ना सेवा ग्राहीहरुमा उच्च मानको सेवा प्रदान गर्दै आएकोले आफ्ना शेयर सदस्य, खाताधारी, सेवाग्राही र शुभचिंतकहरुको मन जित्न सफल भएकोले हामी सबैको रोजाईको कारण बनेको छ । दक्ष, अनुभवी र नमुना ब्यक्तिहरुले संस्थाका शेयर खरिद गरी सक्रेिय भुमिका निवार्ह गरि रहनु भएकाेले संस्था अति नै मजबुत र संगठित र कुशल नमुनाकाे रूपमा रहेकाे छ ।

शेयर सदस्यताका फाइदाहरु:
०१. सरोकार बचत तथा ऋण सहकारी संस्था लि. सहकारी संस्था भएको कारण यो कसैको एकल र निजी संस्था होइन । दर्ता गर्दाको बखत २९ जना मालिकहरु थिए भने आहिले सम्म जम्मा ३,००० जना शेयर सदस्य रहेका छन् । यिनीहरू संस्थाको धेरै मालिकहरु मध्येकाे एउटा मालिक हो ।
०२. सरोकार बचत तथा ऋण सहकारी संस्था लि. ले शेयर बिक्री कार्य खुला राखेर लगानीको अवसर सृर्जना गरेको छ ।
०३. वार्षिक शेयर लाभाशंको लाभ प्राप्तीका लागि
०४. अति आवश्यक परे कर्जा सुविधा पराप्त गर्नका लागि
०५. संस्था द्वारा प्रदान गरिने विभिन्न प्रकारका सहयोग जस्तै आपतकालीन आर्थिक सहयोग, इन्सुरेन्स र मेडिकल सहयोगको र अन्य आर्थिक सहयोग प्राप्त गर्नका लागि ।
०६. शेयर सदस्यहरु संस्थाका रक्षक भएकाले संस्थालाई मार्गदर्शन र सही दिशा दिन
०७. कर्दे अहसन प्राप्तीका लागि
०८. अन्य
सदस्यताका किसिम
सरोकार बचत तथा ऋण सहकारी संस्था लि. हरिनगर गाउँ पालिकाले बिक्री गरेको शेयर निम्न प्रकारको छ ।
०१. संस्थापक शेयर सदस्य : सस्था दर्ताको बखत २९ जना शेयर सदस्यहरु मिली जिल्ला सहकारी तथा प्रशिक्षण डिभिजन कार्यालय सुनसरीमा मिति २०७० अषाढ ११ गते दर्ता गरी मिति २०७० अषाढ १४ बाट कार्य संचालन गरेको थियो ।
०२. साधारण शेयर सदस्य : संस्था दर्ता भईसके पश्चात शेयर खरिद गरी सदस्यता ग्रहण गरेका सबै शेयर सदस्यहरु साधारण शेयर सदस्य हो।
०३. विशेष शेयर सदस्य : शेयर सदस्यता बन्द रहेको अवस्थामा संचालक समितिको विशेष सिफारिशमा दस
०४. सम्मानित शेयर सदस्य : सम्मान स्वरुप समाजमा राम्रा कार्य गरेका ब्यक्तिहरुलाई सम्मान स्वरुप बिना कुनै रकम लीई प्रदान गरिन्छ ।